दफा ५८
पहिलो हुने निर्वाचित हुने निर्वाचन परिणामको प्रकाशन
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचन क्षेत्रमा मतदान भएको सबै मतदान केन्द्रहरुको मतगणनाको कार्य पूरा भइसकेपछि निर्वाचन अधिकृतले मतगणनाको तालिका तयार गरी तोकिए बमोजिम निर्वाचन परिणाम प्रकाशन गर्नेछ र सो परिणाम तालिकाको एक प्रति तुरुन्त आयोगमा पठाउनु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम निर्वाचनको परिणाम प्रकाशित गर्दा सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरी त्यस्तो उम्मेवारलाई आयोगले तोके बमोजिमको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निर्वाचन अधिकृतले निर्वाचनको परिणाम प्रकाशन गरिसकेपछि निर्वाचन सम्बन्धी तोकिए बमोजिमका विवरणहरु भएकोे प्रतिवेदन तयार गरी मुख्य निर्वाचन अधिकृत समक्ष र मुख्य निर्वाचन अधिकृतले आयोगमा यथाशीघ्र पठाउनु पर्नेछ।